बुधबार, ३ कार्तिक २०७८ २०:०३

एमाले संवादमा बिश्वास गर्ने भएकाले शान्तिपूर्ण समाधानका लागि छलफल गर्न तयार-सचेतक भट्टराई

बिहीबार, १४ आश्विन २०७८ ०९:०२

असोज १४, हेल्लो नेपाल ।

नेकपा एमालेका प्रमुख सचेतक विशाल भट्टराईले आफ्ना मागका बारेमा सरकारले एमालेलाई मात्र छलफलमा बोलाउनुपर्ने बताउनुभएको छ ।

बिहीबार संसद भवन नयाँ बानेश्वरमा भट्टराईले आफुहरुको उठान गरेका मुद्धामा सत्तापक्ष वा सभामुखले समाधानमुखी प्रयासका लागि एमालेसंगमात्र सिधै छलफल गर्नुपर्ने बताउनुभएको हो ।

अरु गठबन्धन दलसंग बसेर छलफल गर्न आवश्यक नरहेको र एमालेलाई मात्र बोलाए छलफलमा सहभागी हुने उहाको भनाई छ । एमाले संवादमा बिश्वास गर्ने भएकाले शान्तिपूर्ण समाधानका लागि छलफल गर्न तयार रहेको उहाले बताउनुभयो । एमालेको एजेण्डामा निरुपण गर्ने गरि सरकार र सभामुखले छलफल नै नरहेको भट्टराईको तर्क छ ।

उहाले आफ्ना सांसदको कारवाहीका बिषयमा सभामुखसंग आपत्ती रहेको र पार्टी फुटाउन संसद छलेर अध्यादेश ल्याउने र फिर्ता गर्ने बिषयमा सरकारसंग आपत्ती रहेको उल्लेख गर्नुभयो ।