दसैं सुरु भएसँगै काठमाडौं उपत्यका छाडेर घर फर्किनेको संख्यामा वृद्धि

असोज–२७, हेल्लो नेपाल ।
दसैं सुरु भएसँगै काठमाडौं उपत्यका छाडेर घर फर्किनेको संख्या बढेको छ । दशैंको टीकाको दिन नजिकिंदै जादा काठमाडौं छाड्नेहरुको संख्या ह्वात्तै बढेको हो ।
काठमाडौंबाट बाहिरिनेहरुको चाप बढेसँगै यहाँका मुख्य सडक अस्तव्यस्त भएका छन् । यात्रुले भरिभराउ लामो दूरीका सवारी साधन काठमाडौंबाट छुट्न थाल्दा जाम नै भएको छ । काठमाडौंबाट बाहिरिने मुख्य नाकाहरु कलंकी, बल्खु, कोटेश्वर, बालाजु लगायतका क्षेत्रमा घर फर्किनेहरुको सोमबार बिहानैदेखि ठूलो भीड लागेको छ ।
शिक्षा, रोजगारी तथा व्यवसायिक कामले घर बाहिर रहेकाहरु दशैंमा आफ्नै गाउँ फर्कने गरेका कारण काठमाडौंबाट बाहिरिनेहरुको भीड बढेको हो । कोरोना महामारीको जोखिमकै बीच पनि मानिसहरु काठमाडौं उपत्यका लगायतका सहरबाट घर फर्किरहेका छन् ।
स्वदेश तथा विदेशमा रहेकाहरु घर फिर्तीले आफन्तजनको अनुहार मात्रै होइन गाउँघर नै उज्यालो बनाउने गर्दछ ।