बिहीबार, २३ मंसिर २०७८ ०९:५१

नेपालमा शनिबार थप १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि

शनिबार, ३० आश्विन २०७८ १२:०१

असोज ३०, हेल्लो नेपाल ।

नेपालमा शनिबार थप १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका बिभिन्न प्रयोगशालामा गरिएको १ हजार ४ सय ४६ एन्टीजेन परिक्षणका क्रममा १ सय ३६ जना र ३ सय २७ एन्टीजेन परिक्षणका क्रममा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९८ हजार ८ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार २ सय ७८ जनाको मृत्यु भएको छ । त्यस्तै थप ८ सय ८५ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ८० हजार ७७६ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा १२ हजार ५ सय ९८ सक्रिय संत्र mमित आइशोलेशन र २ सय ३१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।