बिहीबार, २१ मंसिर २०८० ०९:१७

नेपाल तेक्वान्दो संघले चैत १८ र १९ गते १७ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने

शुक्रबार, ११ चैत्र २०७८ १६:१६

काठमाण्डौ- नेपाल तेक्वान्दो संघले चैत १८ र १९ गते १७ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने भएको छ ।

तेक्वान्दो संघले शुक्रबार ललितपुरमा पत्रकार सम्मेलनमार्फत प्रतियोगिताबारे जानकारी गराएको हो । अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छनोटका लागि समेत यो प्रतियोगिता आयोजना गर्न लागिएको संघले जनाएको छ । २६ स्वर्ण, २६ रजत र ५२ कास्य पदकका लागि ७ प्रदेश र तीन विभागीय टिमका खेलाडीहरुले सिनियर र जुनियरतर्फ प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा करिब ३ सय खेलाडीको सहभागिता रहने संघका उपाध्यक्ष एवं आयोजक समिति अध्यक्ष भान बहादुर चन्दले जानकारी दिनुभयो । प्रतियोगितामा सिनियर तथा जुनियर गरि २६ वटा वजन समूहमा प्रतिष्पर्धा हुने उहाले बताउनुभयो ।

प्रतियोगिता आयोजनाका लागि करिब ३६ लाख रुपैया खर्च हुने संघले जनाएको छ ।