शुक्रबार, १२ आश्विन २०८० २२:४३

पेट्रोलियम व्यवसायीले ढुवानी रोकेपछि पेट्रोलियम पदार्थको अभाव

शनिबार, १९ चैत्र २०७८ १५:४०

काठमाडौँ- पेट्रोलियम व्यवसायीले शुक्रबारदेखि ढुवानी रोकेपछि पेट्रोलियम पदार्थको अभाव देखिएको छ ।
शनिबार कतिपय पेट्रोल पम्प बन्द रहेका छन् भने खुलेका पम्पमा लामो लाइन लागेको छ । शनिबार पेट्रोलियम पदार्थ बाँकी भएका केही निजी र नेपाली सेना, प्रहरी, सशस्त्र र साझाले पेट्रोलियम पदार्थ बिक्री गरेको थियो । आयल निगमले मूल्य बढाए पनि आफूहरुले पाउने कमिशन नबढाइएको भन्दै पेट्रोलियम व्यवसायी आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले पेट्रोलियम ढुवानीको भाडा पनि बढाउन माग गरेका छन् ।

आयल निगमले व्यवसायीका माग सम्बोधनका लागि तयार रहेको भन्दै समय मागेको छ। तर व्यवसायीले भने तत्कालमाग सम्बोधन नगर्ने भए आइतबारदेखि सबै पम्पहरु बन्द गर्ने चेतावनी दिएका छन् । यसैबीच कार्यवाहक प्रधानमन्त्री बालकृष्ण खाणले पेट्रोलियम पदार्थमा देखिएको समस्या तत्काल समाधान गर्न निर्देशन दिनुभएको छ । शनिबार सरोकारवाला निकायसंग सम्पर्क गर्दै उहाले रेर तत्काल समस्या समाधान गर्न निर्देशन दिनुभएको हो ।