प्रेस चौतारी नेपाल रुपन्देहीको अध्यक्षमा लक्ष्मण पौडेल

माघ ३, हेल्लो नेपाल ।
प्रेस चौतारी नेपाल रुपन्देहीको अध्यक्षमा लक्ष्मण पौडेल चयन भएका छन् । बुटवलमा सम्पन्न भएको सातौं अधिवेशनले पौडेलको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । अधिवेशनले उपाध्यक्षमा बीपी गौतम, महिला उपाध्यक्षमा भगवती पाण्डे, सचिवमा केशव भण्डारी, सहसचिवद्वयमा दिपक न्यौपाने र रविन्द्र गुप्ता र कोषाध्यक्षमा दिनेश श्रेष्ठलाई चयन गरेको छ । यसै गरी सदस्यहरुमा टीका खरेल, विकास पराजुली, विष्णु घिमिरे, रमेश पराजुली, पोषकान्त पोखरेल, कृष्ण पाण्डे, अस्मिना पाण्डे, विन्दु भट्टराई, वसन्तराज बराल, डिबी सुस्लिङ, नरेश चौधरी, रामबहादुर गुरुङ, विष्णु खत्री, छायाँ पन्थ आचार्य, सुमित्रा चापागाईं, मनु गुरुङ, शान्ति सुनार र मोहम्मद हविव चयन भएका छन् । यसै गरी अधिवेशनले केन्द्रीय प्रतिनिधिमा शेरबहादुर केसी, कुलमणि ज्ञवाली, दिपेश पछाईं, प्रकाश आचार्य, टीका खरेल, बीपी, गौतम, माधव न्यौपाने, अमृता अनमोल, भगवती पाण्डे र निरु गौतमलाई चयन गरेको छ । त्यस्तै अधिवेशनले प्रदेश प्रतिनिधिमा स्वस्तिक श्रेष्ठ, प्रकाश गौतम, मनिष पन्त, अरुण ज्ञवाली, कृष्ण खनाल, गोविन्द घर्ती, माधव भुसाल, तिलोचन दाहाल, दिनेश श्रेष्ठ, आशिष सूर्यवंशी, दिपक न्यौपाने, अस्मिना पाण्डे, रिमा बिसी, बिन्दु भट्टराई, सुशीला पोखरेल र पवित्रा चौधरीलाई चयन गरेको छ ।