बिरुवामा प्रअ हरु सङ कार्यसम्पादन सम्झौता

तुलसी राम पौडेल
स्याङ्जा, भाद्र २९
गण्डकी प्रदेश स्याङ्जा स्थित बिरुवा गाउपालिकाले आफ्नो गाउपालिका भित्र रहेका सम्पुर्ण सामुदायिक विधालयका प्रअहरु सङ कार्यसम्पादन सम्झौता सम्पन्न गरेको छ । गाउपालिकाले भाद्र २९ गते बालदिबसको अवसर पारेर एउटा विशेष कार्यक्रम बिच ३६ वटा सामुदायिक विधालयहरुका प्रअ हरुसङ उक्त सम्झौता गरेको हो । कार्यक्रमका प्रमुख अतिथि एवं गाउपालिकाका अध्यक्ष चुनप्रशाद शर्माले यो कार्यसम्पादन सम्झौताले गाउपालिकाको शैक्षिक गुणस्तर अभिबृद्दिको लागि महत्वपुर्ण सहयोग गर्ने बताउनु भयो । उहाले गाउपालिकाले यस् अभियानमा सम्पुर्ण शिक्षक तथा कर्मचारी हरुबाट समेत सहयोगको अपेक्षा राखेको बताउनु भयो ।
