बुटवलमा मोटरसाइकल दुर्घटनामा कलाकार शोभाखर पन्थको निधन

माघ २, हेल्लो नेपाल ।
सडक दुर्घटनामा परी कलाकार तथा फोटोग्राफर शोभाकर पन्थको निधन भएको छ । गए राति बुटवल उमहानगरपालिकाकाको योगीकुटीबाट पश्चिमतर्फ जाँदै गर्दा मोटर साइकल दुर्घटनामा परी पन्थको निधन भएको हो । गुल्मी स्थायी घर भएका पन्थले रुपन्देहीमा नै बसी कलाकारिता र फोटोग्राफी पेशा अंगाल्दै आएका थिए । लु ७० प १३५३ नम्बरको मोटर साइकलमा सवार पन्थ सडकमा रहेको खाल्डोमा खसेको प्रहरीले जनाएको छ । उनलाई आइतबार बिहान मात्रै स्थानीयले खाल्डामै मृत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । उनी रुपन्देहीको सैनामैनामा श्रीमती र १ सन्तानसँगै बसोबास गर्दै आएका थिए । उनको शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।