बुधबार, ३ कार्तिक २०७८ १८:०७

मंगलबार १ हजार १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि,१२ जनाको मृत्यु

मंगलवार, १२ आश्विन २०७८ १३:२१

असोज–१२, हेल्लो नेपाल ।
नेपालमा मंगलबार थप १ हजार १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ११ हजार ६ सय ७२ पिसिआर परिक्षणका क्रमम ९ सय ४ जना र २ हजार ३ सय ३१ एन्टीजेन परिक्षणका क्रममा २ सय ५४ जनामा कोरोना पुष्टि भएको स्वास्थय मन्त्रालयले जनाएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ८४ हजार ३ सय ७९ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार १ सय १५ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप १ हजार ३ सय १८ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ६३ हजार ७ सय ३४ जना निको भएका छन् ।

हाल नेपालमा १८ हजार ४ सय २२ सक्रिय संक्रमित आइशोलेशन र ३ सय २८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।