बिहीबार, २१ मंसिर २०८० ०९:०२

रिटर्नी फेडरेसन नेपालको प्रथम सियारी गाउँपालिका भेला-२०७८ सम्पन्न, अध्यक्षमा शनि पोखरेल सर्वसम्म्मत चयन

आईतवार, १३ चैत्र २०७८ १७:३१

सियारी- वैदेशिक रोजगारीका लागि विदेशमा बसेर स्वदेश फर्किएकाहरुको छाता संगठन रिटर्नी फेडरेसन नेपालको प्रथम सियारी गाउँपालिका भेला-२०७८ सम्पन्न भएको छ ।

विदेशबाट फर्किएकाहरुको हक र अधिकारको लागि आवाज उठाउने लक्ष्य सहित भेला सम्पन्न भएको हो । भेलालाई सम्बोधन गर्दै सियारी गाउँपालिका अध्यक्ष अयोध्या थारुले नेकपा एमाले नेपाली जनता र मुलुकको विकास र समृद्धि गर्ने पार्टी भएको उल्लेख गर्दै सिर्जनशिल र आत्म निर्भर बनाउन रिटर्नी फेडरेसन नेपालले महत्वपुर्ण भुमिका खेल्नु पर्नेमा जोड दिनुभयो । उहाँले सहि संगठनको रोजाईले नै देशमा अमन चयन ल्याउने भन्दै विदेशमा सिकेको ज्ञान, सीप र क्षमता अब स्वदेशमा लागू गर्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा रेटर्नी फेडरेसन नेपालका केन्द्रिय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश इन्चार्ज हिरा खरेल,नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा सियारी गाउँ कमिटी इन्चार्ज खेमराज गुरुङ,नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा सियारी गाउँ कमिटी सह-इन्चार्ज कृष्ण नेपाल,रिटर्नी फेडरेसन नेपालका केन्द्रिय सल्लाहकार संयोजक डि.सि. शर्माको सहभागिता रहेको थियो । एकादेव सापकोटा(विश्नु)को अध्यक्षतामा सम्पन्न भएको भेलामा नेकपा एमाले सियारी गाउँ कमिटी सह-सचिव इन्द्रा रानाभाटले स्वागत मन्तव्य र रिटर्नी फेडरेसन नेपाल सचिव जीवन अर्यालले कार्यक्रम संचालन गर्नु भएको थियो ।

त्यस्तै भेलाले शनि पोखरेलको अध्यक्षतामा १८ सदस्यीय नयाँ कमिटी सर्वसम्वत गठन गरेको छ।जसको उपाध्यक्षमा विष्णु कुमारी क्षेत्री र ओम प्रकाश थापा ,सचिवमा चिरन खत्री,सहसचिवमा दीपक पाैडेल र कर्ण बहादुर चौधरी,कोषाध्यक्षमा लक्ष्मण थारु रहेका छन् । यसै गरी सदस्यहरुमा वीरेन्द्र धवल,अजय कुमार भर, भक्तिराम घिमिरे,दिपु खड्का,थानेश्वर भुसाल,सुरेन्द्र थारु,दल बहादुर कार्की,मन बहादुर खड्का,किशोर पन्त,विशाल कुँवर र प्रताप केसी रहेका छन् ।