लिग्जाले स्नाकोत्तर संगै बि.बि.ए र बि.बि.एम को लक्ष्य राखेको छ – कलेज प्रमुख बश्याल

मंसिर २२, हेल्लो नेपाल ।
प्राविधिक शिक्षालाई जोड दिदै आएको लिलाधर घिमिरे छपिया जनता कलेजले स्नातक प्रथम वर्षमा व्यवस्थापन र मानविकी संकायमा भर्ना खुल्ला गरेको छ । सियारी गाउँपालिकाको वडा नं.४ मा पर्ने व्यापारिक केन्द्र छपिया बजारमा अवस्थित कलेजले व्यावहारिक र प्राविधिक शिक्षालाई जोड दिदै आएको छ । विशेष गरी ७० प्रतिशत भन्दा बढी मधेसी र जनजाति मुलका विद्यार्थीहरु अध्ययन गर्ने लिलाधर घिमिरे छपिया जनता कलेज १ विघा ५ कठ्ठा क्षेत्रफलमा फैलिएको छ ।


कलेजमा सियारी गाउँपालिकाका वडा नं.२,३,४,५,६ मायादेवी गाउँपालिकाका प्राय जसो सबै वडाहरु शुद्धोधन गाउँपालिकाका वडा नं.६ र ७ लगायत गैडहवाका केही वडाहरुबाट समेत अध्ययनका लागी विद्यार्थीहरु आउने गरेको कलेज प्रमुख लोक बस्यालले जानकारी दिनुभयो ।
करिब २५० जना भन्दा बढी विद्यार्थीहरु अध्ययनरत रहेको कजेलमा २७ जना शिक्षक र कर्मचारीहरु कार्यरत रहेका छन् । खानेपानी,क्यान्टिन,मल्टिमिडिया लगायत अतिरिक्त क्रियाकलाप अन्र्तगत भलिवलमा विशेष दल्खल राख्दै आएको कजेलले कलेजमा अध्ययनरत सबै विद्यार्थीहरुलाई कम्त्युटरमा साक्षर गराउने लक्ष्य सहित कम्त्युटर ल्याप संचालनमा ल्याएको प्रमुख लोक बस्यालले बताउनुभयो ।

मधेसी समुदायको बाहुल्यता रहेको त्यस क्षेत्रमा कलेजले सामाजिक रुपान्तरणमा महत्वपूर्ण भूमिका खेल्नुका शिक्षाको माध्यमबाट समाजलाई उज्यालो बनाउने लक्ष्य राखेको छ । कलेजले १० वटा अक्षय कोषबाट वार्षिक ३५ जना गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृद्धि प्रदान गर्दै आएको समेत बस्यालले बताउनुभयो ।

२०६६ सालमा स्थापना भएको कलेजले प्रयोगात्मक शिक्षालाई समेत जोड दिदै आएको छ । जस अन्र्तगत कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई कलेजले विभिन्न बैंक तथा वित्तिय संस्थाहरुमा इन्टनसीपको व्यवस्था गरेको छ । कलेजले स्नाकोत्तर तहसम्मको कक्षा संचालन गरी बि.बि.ए र बि.बि.एमको कक्षा संचालन गर्ने लक्ष्य राखेको समेत बस्यालले बताउनुभयो ।
