मंगलवार, १६ आश्विन २०८० २३:३९

सर्वोच्चका न्यायधिशहरुले राजीनामा दिनु हुदैन – अध्यक्ष नेपाल

मंगलवार, १६ कार्तिक २०७८ १५:४७

कार्तिक १६, हेल्लो नेपाल ।

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपालले सर्वोच्चका न्यायधिशहरुले राजीनामा दिन नहुने बताउनुभएको छ ।

नेकपा एकीकृत समाजवादीले मंगलबार रौतहटको गौरमा गरेको कार्यक्रममा अध्यक्ष नेपालले केपी ओलीले दुई पटक प्रतिनिधीसभा विघटन गरेर लोकतन्त्रको हत्या गर्न खोज्दा अदालतले संसदलाई जोगाएको भन्दै सवोच्च्चका न्यायधिशहरुले राजीनामा दिन नहुने बताउनुभएको हो ।

उहाले लाज पचाएर एमाले अध्यक्ष ओलीले न्यायधिशको राजीनामा मागेको आरोप लगाउनुभयो । उहाले गठबन्धन सरकारमा आफ्नो पार्टी पनि रहेको भन्दै अव जनता र देशका लागि काम गर्ने जिकिर गर्नुभयो । नेपालले आफ्नो पार्टीको हैसियत खोज्नेलाई नै प्रदेशबाट आउट गरेको बताउनुभयो । केपी ओलीको दम्भकै कारण केन्द्र देखि प्रदेशमा एमाले सरकारबाट हट्नुपरेको उहाको भनाई छ ।

अध्यक्ष नेपालले एमाले जनताको सेवा गर्ने भावनाबाट टाढिएर लुटेराहरुसँग नजिकिएको आरोप लगाउँदैे उक्त पार्टी लुटेरा पार्टी भएको बताउनुभयो ।