बिहीबार, १५ चैत्र २०८० २०:२०

अबैध रुपमा पटाका, आतसबाजीजन्य पदार्थको भण्डारण गर्ने एक जना पक्राउ

आईतवार, १७ आश्विन २०७८ १३:४१

असोज–१७, हेल्लो नेपाल ।
दशै तिहार नजिकिदै गर्दा अबैध रुपमा पटाका, आतसबाजीजन्य पदार्थको भण्डारण गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले बिभिन्न समयमा उपत्यका बाहिरबाट गैरकानूनी रुपमा लुकाई छुपाई गरेर ल्याइएको २५ लाख मूल्य बराबरको पटका, भुइँचम्पालगायत आतसबाजीजन्य पदार्थसहित सर्लाही घर भई हाल काठमाडौं कागेश्वरी मनहरा–८ गोठाटार बस्ने ३० वर्षीय कामेश्वरप्रसाद यादवलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

गोप्य सूचनाका आधारमा प्रहरीले गोठाटारस्थित यादवको गोदाममा छापा मार्दा ठूलो परिमाणको विभिन्न प्रकारका पटाकाहरू बरामद गरेको महाशाखाका प्रमुख एसएसपी चन्द्र कुवेर खापुङले जानकारी दिनुभयो । उहाले गोदामबाट गमला पटका २५ केजी, फ्लावरकोन पटाका ४२० केजी, चक्र पटाका १२० केजी , हाइड्रोबम पटका ३ कार्टुनलगायत बरामद गरिएको बताउनुभयो । पक्राउ परेका व्यक्तिले काठमाडौंमा इट्टा ल्याउन ट्रकमा लुकाई छुपाई पटाका ल्याउने गरेको खुलेको पनि जानकारी दिनुभयो ।

पक्राउ परेको व्यक्तिलाई विष्फोटक पदार्थ सम्बन्धी कसूर अन्तर्गतको मुद्दामा आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर टेकु महाशाखले जनाएको छ ।