मंगलवार, ६ चैत्र २०८० १६:२९

इण्डो नेपाल क्रिकेट टुर्नामेन्टमा लुम्बिनी नव युवा क्लब विजयी

बिहीबार, २६ फाल्गुन २०७८ ०२:४६

फागुन २५, सुवास पुन

लुम्बिनीको पडरियामा सञ्चालन भैरहेको लुम्बिनी पडरिया इण्डो नेपाल क्रीकेट टुर्नामेन्टमा आयोजक लुम्बिनी नव युवा क्लबले एम.सि.सि. मन्खुरियालाई पाछ विकेटले पराजित गर्दै अर्को चरणमा प्रवेश गरेको छ।

निर्धारित १२ ओभरको खेलमा पहिलो ब्याटिङ गर्दै एम.सि.सि.ले पूरा ओभर खेल्दै ७ विकेटको क्षतिमा जम्मा ८२ रनको योगफल तयार पार्न सफल भएको थियो।जसमा एम.सि.सि.का मजहरले सर्वाधिक १९ रनको योगदान दिए भने लुम्बिनी नव युवाका बैतुल्लाले २ ओभरमा २ रन खर्चेर २ विकेट लिन सफल भए।८३ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको लुम्बिनी नव युवा क्लबले जावेद अख्तरको सनसनीपुर्ण २४ बलमा ४० रनको मदतले ५ विकेटको क्षतिमा ३ ओभर ४ बल बाकी छदै सहज जित सुनिश्चित गर्न सफल भएको थियो। एम.सि.सि.का सबाहुदिनले २५ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिएतापनी हारलाई भने टार्न सफल भएनन्।

खेलको म्यान अफ दि म्याच लुम्बिनी नव युवाका जावेद अहमद बने।