मंगलवार, ६ चैत्र २०८० ०९:४८

ईमान्दार र असल कार्यकर्ताले मात्रै पार्टीको गरिमालाई बढाउन सक्छ – न्यौपाने

बुधबार, ३ कार्तिक २०७८ १०:३६

कार्तिक -३, हेल्लो नेपाल ।
नेकपा एमाले देवदह नगर कमिटीको वैठक देवदहमा सम्पन्न भएको छ । वैठकमा बोल्दै पार्टीका केन्द्रिय सदस्य तथा रुपन्देही ईन्चार्ज दधिराम न्यौपानेले पार्टी स्थानीय तहलाई व्यवस्थित र मर्यादित बनाउन सवै कार्यकर्ताहरु लाग्नु पर्ने बताउनु भयो ।

असोज ६ र ९ गतेका दिन हुन गई रहेको वडा तथा नगर अधिवेशनबाट पार्टीले नयाँ उर्जा प्राप्त गर्ने बताउँदै उहाँले भन्नू भयो, विधान महाधिवेशनले पार्टीलाई नयाँ संरचनाका साथ अघि बढाएको छ ।

एक पद एक व्यक्तिको अवधारणालाई विधान अधिवेशनले अघि सारेको औंल्याउदै उहाले सवै कार्यकर्तालाई पार्टीले उचित जिम्मेवारी दिने उल्लेख गर्नु भयो ।

पार्टी कार्यकर्तालाई राजनीतिक  र वैचारिक रुपमा  प्रशिक्षित गरेर जनताको सेवा गर्न स्थानीय नेतृत्वले ध्यान दिनु पर्नेमा जोड दिदै उहाले ईमान्दार र असल कार्यकर्ताले मात्रै पार्टीलाई स्थापित गर्नु पर्ने बताउनु भयो ।
मुलुकको क्रान्तिकारी पार्टी भनेकै नेकपा एमाले भएकाले धेरै भन्दा धेरै जनता तथा  कार्यकर्तालाई एमालेमा गोलबन्द गर्न उहाले कार्यकर्ताहरुलाई निर्देशन दिनु भएको थियो ।

वैठकमा बोल्दै पार्टीका प्रदेस कमिटी सदस्य डा. कृष्ण न्यौपानेले एमाले वाहेक अन्य दलले यो राष्ट्रको अगुवाई गर्न नसक्ने बताउनु भयो ।

लुम्बिनी प्रदेस सभा सदस्य समेत रहनु भएका न्यौपानेले पार्टी जीवनलाई गतिशील बनाउन सवै कार्यकर्ताहरु लाग्नु पर्नेमा जोड दिनु भयो ।

पार्टीका नगर अध्यक्ष प्रकास अर्यालको अध्यक्षता र सचिव मनकुमार कनौजेको संचालनमा भएको वैठकमा पार्टीका जिल्ला सल्लाहकार डोलराज चापागाईं, जिल्ला सचिवालय सदस्य ऋषिराम सापकोटा , जिल्ला सदस्य विद्यालक्ष्मी गुरुङ लगायतले बोल्नु भएको थियो ।

वैठकले असोज ६ र ९ गते हुने वडा तथा नगर अधिवेशनका लागि विभिन्न जिम्मेवारी तोकेको छ । जस अन्तर्गत वडा नम्बर १ मा धुर्व खरेल, २ मा प्रजापती सापकोटा ,  वडा नम्वर ३ मा विद्यालक्ष्मी गुरुङ संयोजक रहेको कार्यदल गठन गरेको छ । त्यस्तै गरि वडा नम्वर ४ मा जानकी न्यौपाने, ५ मा झिल्लु प्रसाद न्यौपाने , ६ मा डा. कृष्ण न्यौपाने , ७ मा पदम थापालाई  संयोजक तोकेको छ ।

त्यसै गरि वैठकले वडा नम्वर ८ मा यम राना,९ मा ऋषिराम सापकोटा , १० मा हिमाल पाण्डे, ११ मा मनकुमार कनौजे र १२ मा प्रकाश अर्याललाई वडा अधिवेशन सम्पन्न गर्न कार्यदल संयोजकको जिम्मेवारी दिएको नगर कमिटी सचिव मनकुमार कनौजेले जानकारी दिनु भएको छ ।