शुक्रबार, १६ चैत्र २०८० ०६:१३

एमाले बाहेक एक्लै चूनाव लड्ने आँट कुनै पार्टीसगँ छैन -ओली

बिहीबार, ३० भाद्र २०७९ १२:४९

भदौ–३०,हेल्लो नेपाल ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनकै कारण देशले अनेकौं समस्या भोग्नु परेको बताउनुभएको छ । पार्टी कार्यालय च्यासलमा बिहीबार आयोजित पार्टी प्रवेश कार्यक्रममा गठबन्धनले देशलाई आर्थिक, सांस्कृतिक, सामाजिक , राजनीतिक हरेक हिसावले समस्यामा पारेको तर्क गर्नुभयो ।

अध्यक्ष ओलीले मुलुकलाई शान्ति,स्थिरता र बिकासको बाटोतर्फ अघि बढाउन अवको निर्वाचनमा एमालेले जित्नुपर्नेमा जोड दिनुभयो । उहाँले गठबन्धनले निरन्तर असंवैधानिक काम गरिरहेको र अव यसलाई रोक्नुपर्ने धारणा राख्नुभयो । एमालेलाई पराजित गर्न सजिलो नभएकै कारण गठबन्धन बनाएर परमादेशबाट सरकार बनाइएको भन्दै अध्यक्ष ओलीले अहिले पनि गठबन्धनमा रहेका दलहरु मध्ये कसैले पनि एक्ला एक्लै चूनाव लड्ने आँट गर्न नसकेको तर्क गर्नुभयो ।

पूर्वप्रधानमन्त्री समेत रहनुभएको ओलीले एकताका लागि प्रचण्डलाई अँगालो हाल्दा छुरा रोपेको र आफुलाई नै साधारण सदस्यबाट निष्काशन गरेको बताउदै प्रचण्डले कम्युनिष्ट आन्दोलनलाई बेईमानी र धोका दिएको बताउनुभयो ।

कार्यक्रममा अध्यक्ष ओलीले माओवादीका नेता यमबहादुर परियार लगाएतका नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराउनुभएको थियो ।