बिहीबार, १५ चैत्र २०८० २१:०८

कमि कमजोरी सच्याएर एमाले अब सशक्त भएर अघि बढ्ने दाबी- ज्ञवाली

बिहीबार, १६ मंसिर २०७८ १२:३४

मंसिर १५, हेल्लो नेपाल ।

नेकपा (एमाले) का नवनिर्वाचित उपाध्यक्ष युवराज ज्ञवालीले आफ्नो पार्टीप्रति जनताको आकर्षण निरन्तर बढ्दो रहेको दाबी गर्नुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बोल्दै उहाले एमाले नै आगामी निर्वाचनपछि पनि पहिलो दल बन्ने र बहुमत ल्याउने दाबी गर्नुभयो । उपाध्यक्ष ज्ञवालीले फेरि पनि वामपन्थीहरुबीच एकताको आवश्यकत्ता रहेको औंल्याउनुभयो ।

त्यस्तै उहाले कमि कमजोरी सच्याएर एमाले अब सशक्त भएर अघि बढ्ने पनि दाबी गर्नुभयो । ज्ञवालीले नेपालको राजनीतमिा एमालेले मूख्य भूमिका निर्वाह गर्नुपर्ने भएकोले आफूहरु सोहीअनुसार तयारीका साथ अघि बढेको पनि धारणा राख्नुभयो ।

उहाले महाधिवेशनमा कतिपय छुटेकालाई १० प्रतिशत मनोनिततर्फ ल्याउने जानकारी दिनुभयो ।