मंगलवार, ६ चैत्र २०८० १६:०९

कांग्रेसले टुंग्यायो रुपन्देहीमा १ उपमहानगर र ५ नगरका मेयर उम्मेदवार, बुटवलमा पाण्डे र तिलोत्तमामा खाँण

सोमबार, १२ बैशाख २०७९ ०५:३९

बुटवल । नेपाली कांग्रेसले रुपन्देहीमा १ उपमहानगरपालिका  र ५ नगरपालिकामा मेयरको उम्मेदवारको टुंगो लगाएको छ ।

आइतबार रातिसम्म बसेको प्रदेश समितिको बैठकले उम्मेदवारको टुंगो लगाएको हो । जस अनुसार बुटवल उपमहानगरपालिकाको मेयरमा नगर सभापति खेलराज पाण्डेलाई उम्मेदवार बनाएको छन् , त्यस्तै तिलोत्तमा नगरपालिकाको मेयरमा जिल्ला पार्टी सभापति रामकृष्ण खाँणलाई उम्मेदवार बनाएको छ ।

त्यसैगरी काँग्रेसले सैनामैना नगरपालिकाको मेयरमा फणिन्द्र शर्मालाई उम्मेदवार बनाएको छ । पाण्डे, खाँण र शर्मा तीनै जना अघिल्लो निर्वाचनमा पनि उम्मेदवार बनेका थिए र तिनै जना एमाले संग पराजित भएका थिए ।

त्यस्तै देवदह नगरपालिकामा हालका मेयर हिरा केसी उम्मेदवार बन्ने भएका छन् ।

सिद्धार्थनगर नगरपालिकाको मेयरमा इस्तियाक अहमद खान र लुम्बिनी सांस्कृतिक नगरपालिकाको मेयरमा सिरजुद्दिन मुसलमान उम्मेदवार बन्ने भएका छन् ।