शुक्रबार, १६ चैत्र २०८० १६:४४

काठमाडौँ क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सोविता गौतम विजयी

बुधबार, ७ मंसिर २०७९ १२:१४

मंसिर–७,हेल्लो नेपाल ।
प्रतिनिधिसभा सदस्यतर्फ काठमाडौँ क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सोविता गौतम विजयी हुनुभएको छ । सो क्षेत्रका निर्वाचन अधिकृत विमला रेग्मीका अनुसार गौतमले १५ हजार दुई सय २९ मत पाउनु भएको छ भने उहाँका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार मणिराम फुँयालले ११ हजार पाँच सय ५५ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार कुन्तीदेवी पोखरेलले ११ हजार १४ र नेकपा (माओवादी) का उम्मेदवार ओनसरी घर्तीले ९ हजार ४ सय ४९ मत पाउनु भएको छ ।

प्रतिनिधिसभामा निर्वाचित भएपछि गौतमले आफ्नो जीत परिवर्तन चाहने मतदाताको जीत भएको बताउनुभयो । उहाले संसदमा जनताका समस्याहरुलाई लैजान र बिकासको चाहनालाई पुरा गर्ने प्रतिवद्धता जनाउनुभयो ।

काठमाडौं क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यतर्फ ५२ हजार नौ सय ५६ मत खसेकोमा दुई हजार एक सय १६ मत बदर भएको थियो ।