मंगलवार, ६ चैत्र २०८० ०९:४४

काठमाडौको असन स्थीत प्रसिद्ध अन्नपूर्ण देवीको जात्रा भव्यताका साथ सम्पन्न

सोमबार, १ कार्तिक २०७८ ०५:५०

कार्तिक १, हेल्लो नेपाल ।

काठमाडौको असन स्थीत प्रसिद्ध अन्नपूर्ण देवीको जात्रा आइतबार मनाइएको छ ।

हरेक वर्ष आश्विन शुक्ल नवमीदेखि द्वादशीसम्म अन्नपूर्ण देवीको जात्रा गरिन्छ । अन्नपूर्ण देवीलाई हिन्दूहरूले महाकाली, महालक्ष्मी र महासरस्वतीको प्रतीकको रूपमा मान्दै आएका छन् । बौद्धमार्गी नेवारहरूले भने अन्नपूर्णै देवीलाई बसुन्धरा, योगाम्वर, ज्ञानेश्वरी, महालक्ष्मी, अजिमा पिठ र महामयुरी देवीको रूपमा मान्दै आएका छन् । अन्नपूर्ण देवी साक्षात् महालक्ष्मीका रूप हुन् । श्रीरूपी महालक्ष्मी अन्नपूर्ण देवीलाई अष्टलक्ष्मी स्वरूप, धान्य लक्ष्मी, धन लक्ष्मी, धैर्य लक्ष्मी, विद्या लक्ष्मी, जय लक्ष्मी, वीर्य लक्ष्मी, गज लक्ष्मी र सौभाग्य लक्ष्मीको रूपमा पनि पुजिन्छ ।

अन्नपूर्ण देवीको विशेष खट जात्रा आश्विन शुक्ल एकादशी र द्वादशी दुई दिन भव्य रूपमा गरिन्छ ।

अन्नपूर्णको खट जात्रा गर्ने क्रममा असन, बालकुमारी, इन्द्रचोक, न्युरोड, खिचापोखरी, ओमबहाल, लगन, ब्रम्हटोल आदि स्थानमा जात्रा गर्दै असन भोटाहिटी देवघर देवीको घरमा फर्काइन्छ ।