बिहीबार, १५ चैत्र २०८० २३:१९

गठबन्धनको सरकारले स्थानीय तहको निर्वाचनलाई पर धकेल्ने षड्यन्त्र गर्दैछ – छविलाल विश्वकर्मा

सोमबार, ९ फाल्गुन २०७८ १२:०४

फागुन ९, हेल्लो नेपाल ।

नेपाल कम्युनिष्ट पार्टी एमालेका सचिव छविलाल विश्वकर्माले गठबन्धनको सरकारले स्थानीय तहको निर्वाचनलाई पर धकेल्ने षड्यन्त्र गरेको बताएका छ्न । पार्टीको रुपन्देही जिल्ला कमिटीको दोश्रो पुर्ण वैठकलाई सम्बोधन गर्दै विश्वकर्माले सरकार निर्वाचनलाई पर धकेलेर सम्वैधानिक सर्वोच्चतालाई खुम्च्याउन उद्धत रहे पनि जनता र एमालेका जनसंगठनहरुको दवावका कारण निर्वाचनको मिति घोषणा गर्न बाध्य भएको बताए । एमाले जनताको अभिमत र विश्वासबाट अघि बढेको पार्टी रहेको उल्लेख गर्दै पार्टी लुम्बिनी प्रदेशका ईन्चार्ज विश्वकर्माले युवा संघ, अनेरास्ववियुले गरेको दवावका कार्यक्रम संकेत मात्रै भएको र एमाले आफै अघि बढेमा यसको तागतलाई कसैले रोक्न नसक्ने दावी गरे । स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुनु पर्नेमा जोड दिदै विश्वकर्माले कुनै पनि वाहानामा निर्वाचनलाई पन्छाउने कार्य एमालेलाई स्विकार्य नहुने वताए । विश्वकर्माले निर्वाचन लक्षित कार्यक्रम लिएर अघि बढन कार्यकर्ताहरुलाई आग्रह गर्दै आफुलाई उमेदवारका रुपमा प्रस्तुत गर्ने र पार्टी विधि -पद्धति विपरित काम गर्नेहरुलाई त्यस्तो गतिविधि नगर्न निर्देशन दिए ।

कार्यकर्ताहरुले पार्टी भित्रको एकतालाई मजबुत बनाउन आन्तरिक सुदृढीकरणमा लाग्नु पर्ने बताउदै केन्द्रीय सचिव विश्वकर्माले गलत काम र गलत प्रवृतिलाई त्याग्न नसक्नेहरुबाट पार्टीलाई हानी हुने बताए । पार्टी जिल्ला कमिटीका अध्यक्ष तेजेन्द्र केसीको अध्यक्षतामा वसेको वैठकले जिल्ला कमिटीमा थप सदस्यको मनोनयन, कार्यविभाजन,सचिवालय तथा सल्लाहकार परिषद गठन गरेको छ ।

वैठकमा अन्तर पार्टी निर्देशन वाचन गरिनुका साथै मनोनित सदस्यहरुको सपथ ग्रहण तथा जिल्ला सदस्यहरुको लेवी निर्धारण गरिएको पार्टी जिल्ला सचिव यज्ञ गैरेले बताए । वैठकमा पोलिटव्युरो सदस्य तथा लुम्बिनी प्रदेश सह-ईन्चार्ज द्धय लिला गिरी,दधिराम न्यौपाने ,पार्टी केन्द्रीय कमिटी सदस्य तथा रुपन्देही ईन्चार्ज भुमिश्वर ढकाल, लुम्बिनी प्रदेश कमिटीका उपाध्यक्ष भोज प्रसाद श्रेष्ठ लगायतले बोल्नु भएको थियो । वैठकले पार्टीको दशौ राष्ट्रिय महाधिवेशन र नवौ जिल्ला अधिवेशनका सन्देशहरुलाई पार्टी कार्यकर्ता र जनताको वीचमा लैजान जिल्लाका १६ वटै पालिका तहमा विभिन्न कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।