शुक्रबार, १६ चैत्र २०८० १६:५६

गिनिजबुक वल्र्ड रेर्कड होल्डर नबल पजियार ‘वर्ष उत्कृष्ट युवा अवार्ड’द्धारा सम्मान

बिहीबार, ८ पुष २०७८ १६:१४

पुष ८, हेल्लो नेपाल ।

नेपाल जेसिजले गिनिजबुक वल्र्ड रेर्कड नबल पजियारलाई ‘बर्ष उत्कृष्ट युवा अवार्ड’द्धारा सम्मान गरेको छ।

तेज स्मरण शक्ति भएका व्यक्तिको रुपमा नेपालको तर्फबाट ‘गिनिजबुक वल्र्ड रेर्कड’मा नाम लेखाउन सफल पजियारलाई पोखरामा नेपाल जेसीजको ४८ औं महाधिवेशनको अबसरमा ‘बर्ष उत्कृष्ट युवा अवार्ड’द्धारा सम्मान गरिएको हो।

‘वर्ष उत्कृष्ट युवा अवार्ड’बाट सम्मान गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखेरल नेपालीले पजियार नयाँ पुस्ताको प्रेरणाको स्रोत भएको बताउदै उनले देशको गौरब समेत बढाएको भन्दै खुसी व्यक्त गरे।

प्रदेश नम्बर २ जनकपुरमा स्थिीत कपिलेश्वर स्थाई बसोवास भएका ३८ बर्षिय पजियारले १९ डिसेम्वर २०२० मा गिनिज वल्र्ड रेर्कडमा नाम लेखाउन सफल भएका थिए । पजियारले नेपाल तथा भारतका विभिन्न ठाँउमा मेमोरी तथा माईन्ड पावर, उत्प्रेरण, स्मरण शक्ति विकास सम्बन्धी विभिन्न कार्यक्रम सन्चालन गर्ने गरेका छन ।

परिचय संग कुरा गदै पजियारले भारतका चर्चित अभिनेत्रीलाई समेत मेटिभेसनल टे«निङ्ग दिने गरेको र उनीहरु आफुसंग प्रभावित रहेको दावी गरे । उनले सिंगापुर, दुबई, मलेसियासँगै भारतका थुप्रै मेट्रोसिटीहरुमा यस्तो खाले तालिम चलाईसकेका छन । तालिममा सहभागी भैसकेपछि धेरैले आफ्नो स्मरण शक्ति बढेको प्रतिक्रिया दिएको उनले बताए ।

पजियारले हालसम्म दिमाग र दिमागले दैनिक जीवनमा पार्ने प्रभावको विषयमा १ हजार भन्दा बढि वर्कशप चलाईसकेका छन भने लाखौँलाई सेमीनारमा यो कुराको जानकारी गराईसकेका छन । खासगरि कलिउड र बलिउडका थुप्रै कलाकारहरुलाई दिमाग सम्बन्धि प्रशिक्षण गराएर यीनले चर्चा बटुलेका छ । त्यसैले यीनलाई ‘सेलिब्रिटि ट्रेनर’को रुपमा चिन्ने पनि धेरै छन ।

त्यो बाहेक ५ सय वर्षसम्मको क्यालेन्डर नहेरी मिति र बार बताउने भएकोले पजियार ‘ह्युमन क्यालेन्डर’को रुपमा पनि चर्चित छन । अव छिट्टै ह्युमन क्यालेन्डर को वल्र्ड रेकर्ड राख्ने योजना रहेको पजियार सुनाउछन ।

पजियारले दिमागको शक्ति,शक्तिको प्रयोग कसरी गर्ने भन्ने बारेमा जानकारी दिनका लागि पोखरामा विभिन्न कार्यक्रम आयोजना गर्ने योजना रहेको बताएका छन ।