शुक्रबार, १६ चैत्र २०८० १३:११

गैडहवामा राष्ट्रिय भुमी आयोगसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

शुक्रबार, २५ चैत्र २०७८ १६:३२

गैडहवा- गैडहवा गाउँपालिकामा राष्ट्रिय भुमी आयोगसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

राष्ट्रिय भुमी आयोगका जिल्ला अध्यक्ष हरि बहादुर आचार्यको प्रमुख आतिथ्यतामा सञ्चालन गरिएको कार्यक्रममा सरोकारवाला निकायका व्यक्तिहरुले अव्यवस्थित जग्गाको सम्बन्धमा जिल्ला अध्यक्ष एवम् सदस्यहरु सँग अन्तरक्रिया गरेका थिए।कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा भुमी आयोगका जिल्ला अध्यक्ष हरि बहादुर आचार्यले भुमि वयवस्था सम्बन्धि कामलाई तिब्रताका साथ अगाडी बढाईरहेको कुरा बताउनुभयो।छिट्टैनै आयोगले अव्यवस्थित बसोबासीहलरुलाई लालपुर्जा उपलब्ध गराउने ठोकुवा गर्नुभयो।

कार्यक्रममा गैडहवा ९ का वडा अध्यक्ष टेक बहादुर बलाल,वडा नं ८ कि वडा सदस्य देवीमाया थापा,नेकपा माओवादी केन्द्र गैडहवा इन्चार्ज चन्द्र प्रकाश घर्ती,माओवादी केन्द्र गैडहवा अध्यक्ष दान बहादुर घर्ती,माओवादी नेता पुष्प रतन पाण्डे,सुकुम्बासी संघका जिल्ला सदस्य सुरेन्द्र खत्री,विभिन्न सरोकारवाला व्यक्तिहरुको उपस्थिती रहेको थियो भने गैडहवा गापा का प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्रीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।