बिहीबार, १५ चैत्र २०८० १४:५९

जापान गोजुरियो कराते डो संघको आयोजनामा ३ दिने बन्द प्रशिक्षण रुपन्देहीमा शुरु

शनिबार, २३ आश्विन २०७८ ०५:२०

असोज २३, हेल्लो नेपाल ।
जापान गोजूरियो कराते डो मिसन संघ ,नेपालको आयोजनामा तीन दिने सेमिनार तथा बन्द प्रशिक्षण कार्यक्रम शुभारम्भ भएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १५ स्थित कोटिहवा मगर समाजको हलमा शुक्रबार देखि ३दिन सम्म हुने सेमिनार तथा बन्द प्रशिक्षण कार्यक्रम तिलोत्तमा नगरपालिकाका नगर प्रमुख वासुदेव घिमिरेले शुभारम्भ गर्नु भएको हो ।

उदघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख घिमिरले खेलाडीहरुलाई स्थानीय सरकार र निजी क्षेत्रबाट के गर्न सकिन्छ त्यो गर्न सदैव कटिबद्ध रहेको बताउनु भयो ।

उहाले खेलाडीहरुले राष्ट्रको परिचय र पहिचानलाई कायम गर्ने गरि अघि बढन समेत आग्रह गर्नु भएको थियो ।

लुम्बिनी प्रदेश खेलकुदका कोषाध्यक्ष कृष्ण देवकोटाले देश संघीयतामा गएको अवस्थामा खेलाडीहरुलाई केही राहत पुगोस भन्ने उद्धेश्य सहित तिलोत्तमा नगरपालिकालाई कभर्डहल बनाउन अनुरोध गर्नु भयो ।

त्यस्तै संघका प्रमुख सल्लाहकार भरत कुमार के सीले राष्ट्रको लागि खेलकुद ,स्वास्थ्यको लागि खेलकुद मात्र नभई राष्ट्रियताको लागि खेलकुद, संस्कारका लागि खेलकुद भएको बताउनु भयो ।

कार्यक्रममा रुपन्देही खेलकुद कराते वरिष्ठ प्रशिक्षक उमेश थापा, नेपाल मगर संघ जिल्ला समन्वय समिति रुपन्देही उपाध्यक्ष प्रेम बहादुर थापा, तिलोत्तमा नगरपालिकाका खेलकुद संयोजक राजेन्द्र कुमार गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

जापान गोजूरियो कराते डो मिसन संघ रुपन्देहीका अध्यक्ष उमेश थापा लाटोमगर स्वागत मन्तव्य गर्नु हुँदै कोरोनाको कहरले गर्दा खेलाडीहरुलाई चलाएमान गर्न नसकेको अब सहज परिस्थिति हुँदै गएकोले यस्ता कार्यक्रम गर्दै जाने बताउनु भयो ।

सो कार्यक्रमको अध्यक्षता संघका केन्द्रिय अध्यक्ष तथा प्रमुख प्रशिक्षक काजी रानाले गर्नु भएको थियो भने संचालन संघका जिल्ला सचिब तथा प्रशिक्षक सन्तु दंगोरिया थारुले गर्नु भएको थियो । उक्त सेमिनारमा रुपन्देही जिल्लाका १२० जना कराते खेलाडीहरुले बन्द प्रशिक्षण लिने छन । प्रशिक्षण संस्थापक अध्यक्ष तथा प्रमुख प्रशिक्षक काजी रानाले गर्नु हुने छ।