शुक्रबार, १६ चैत्र २०८० २१:०५

त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधिका लागि सोमबार नेपालले पपुवा न्युगिनी(पीएनजी)विरुद्ध खेल्दै

आईतवार, २० चैत्र २०७८ १४:०४

चैत्र २०- त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधिका लागि सोमबार नेपालले पपुवा न्युगिनी(पीएनजी)विरुद्ध खेल्दै छ ।

फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने र उपाधि आफ्नो पक्षमा बनाउने नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले बताएका छन् । खेल अघि आयोजित पत्रकार सम्मेलनमा उनले कप्तान तथा खेलाडीको रुपमा आफ्नो लागि यो उपाधि निकै महत्वपूर्ण भएको बताए । सिरिज जिताएर सबै समर्थकहरुलाई खुशी बनाउने उनले बताए । फाइनल खेलमा कुनै पनि दबाब नभएको भन्दै उनले उपाधि जित्नका लागि सबै खेलाडीले आफूले शतप्रतिशत दिने दावी गरे । बलर कमल सिंह ऐरीको स्वास्थ्य अवस्था छिटै ठिक भएर टिममा फर्कने उनको विश्वास थियो ।

त्यस्तै नेपाली टोलीका प्रशिक्षक पुबुदु दसानायकेले पछिल्लो समय नेपाली क्रिकेट धेरै राम्रो भएको र आगामी दिनमा उत्कृष्ट नतिजा आउने विश्वास व्यक्त गरे ।

पत्रकार सम्मेलनमा पीएनजीका कप्तानले केही दबाब भएपनि आफूहरु सिरिजको उपाधि जित्नका लागि ध्यान केन्द्रीत गर्ने बताए ।