बिहीबार, १५ चैत्र २०८० १९:१९

दीप वोडिङ्ग स्कुलमा शिक्षक बाट विद्यार्थी कुटपिट, प्राचार्य द्धारा अभिभावकलाई धम्की

मंगलवार, १४ भाद्र २०७९ १३:२४

बुटवल, १४ भदौ ।

विद्यालयमा अध्ययन गर्न पठाएको छोरालाई शिक्षकले कुटपिट गरी गम्भिर घाईते वनाएको खवर सुन्दा सायदै जो कोही अभिभावको मन दुखीत नहुने कुरै भएन । पछिल्लो समय विद्यालयमा शिक्षकहरुले विद्यार्थी कुट्ने प्रवृतिले विद्यार्थीहरुको मनोविज्ञानमा असर पर्दै आएको पाईएको छ । त्यस्तै घटना बुटवलको दीप वोडिङ्ग हाई स्कुलमा सोमवार घटेको छ । शिक्षकले एक विद्यार्थीलाई निर्घात कुटपिट गरेको पाईएको हो ।

यसबिषयमा अभिभावकले मंगलवार रिपोर्टर्स क्लव नेपाल लुम्विनी प्रदेशको कार्यालय बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकार सम्मेलनमा पिडित विद्यार्थी जेनितले भने, कलास चलिरहेको वेलामा म मुसुक्क हाँसेको हुँ । मेरो कमजोरी त्यती मात्रै हो । त्यही निहुँमा मलाई सरले झर्केर वोलाउनु भयो, म सर कहाँ गए, र भने सर हाँसेकोमा गल्ती भयो माफी पाऊँ । तर सरले किन हाँसेको, किन हाँसेको भन्दै मेरो गालामा हान्नुभयो । पटक–पटक गरी मलाई हानिरहनु भयो । जुन कुटपिटले म घाईते बन्न पुगे । एकछिन सम्म कान बन्द, अचेत जस्तै भए । अहिले पनि म त्यही पिटाईले गर्दा वेला वेलामा झस्किरहन्छु ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा न–५ घर भएका जेनित रायमाझीलाई सोही विद्यालयका शिक्षक एकराज गुरागाईंले निर्घात कुटपिट गरेर घाईते वनाएका छन् । कुटपिट भएका विद्यार्थी जेनित घर गएपछि उनकी आमा चन्दा रायमाझीले फोन गरेर विद्यालयका प्राचार्य टिकाराम न्यौपानेलाई कुटपिट वारेमा सोधपुछ गर्दा उल्टै प्राचार्य न्यौपानेले तँ को होस् ? तेरो हैसियत के हो ? म संग यसरी वोल्ने तमिज त्यही हो ? भन्दै थर्काएको पिडित विद्यार्थीकी आमा चन्दाले पत्रकार सम्मेलनमा रुदै यस्तो वताएकी हुन् ।

पिडित विद्यार्थीका वुवा डिवि रायमाझीले विद्यार्थीलाई कुटपिट र यातना दिएर गर्ने व्यवहार दीप वोडिङ्ग स्कुलको नयाँ नभएको वताउँदै, आफ्नै छोरालाई निर्घात कुटपिट गरेको वारेमा कुराकानी गर्दा ४/५ जनाको फोन आएको भन्दै, पत्रकार सम्मेलन गरेमा ज्यान मार्ने धम्की आएकाले बाध्य भएर पत्रकार सम्मेलन गरेको उल्लेख गरे ।

अव छोराले त्यो स्कुलमा पढ्न जादैन भन्छ, छोराले कक्षा १० मा अहिले अध्ययन गर्दै छ । स्कुलका कारणले मेरो छोराको पढाई विग्रिने भयो । अव यसको जिम्मेवारी कसले लिने ? ज्यान मार्ने धम्की दिने जस्ता कार्यको बारेमा सम्बन्धित निकायले पक्कै पनि ध्यान दिनेछ भन्नेमा हामी विश्वस्त छौं । उनले भने ।

रायमाझीले ज्यान मार्ने धम्की नआएको भए, स्कुलले कुटपिट गर्ने शिक्षकलाई कारबाही गरेको भए हामीले पत्रकार सम्मेलन गर्ने थिएनौं । हाम्रो माग भनेको शिक्षकमाथि कारबाही होस भन्ने हो अरु केही छैन् । विद्यालयका प्राचार्य न्यौपानेले विद्यार्थी र शिक्षक माथि तानाशाह शैली चलाउँदै आएको धेरै तथ्यहरु बाहिर आउन नसकेको जनाए ।

कार्यक्रममा नेपाल अभिभावक संघका जिल्ला अध्यक्ष लोकनाथ ज्ञवालीले ३० बर्ष अगाडिको जस्तै घोकन्ते, रटन्ते शैली विद्यालयमा चलाउन नपाइने वताए । उनले दीप वोडिङ्गले विद्यार्थी माथि गरेको दुव्र्यहार निन्दनिय भएको वताए । स्कुल मुस्कान संस्कार सहितको अध्यापन दिने ठाउँ हो । दण्ड दिने नियम कहिकतै नभएकाले उक्त कार्य ठिक नभएको जिकिर गरे । संघका अध्यक्ष ज्ञवालीले भने, बरु विद्यार्थीले गल्ती गरेमा एकपटक अभिभावकलाई सचेत गराएमा विद्यार्थीका अनैतिक वानी व्यवहार सुुधार्न सकिने सुझाए ।