शुक्रबार, १६ चैत्र २०८० १४:४२

देवदह नगरपालिकाको उजेरी गाउँमा मगर होमस्टे संचालनमा आउने

मंगलवार, ५ बैशाख २०८० १४:२९

वैशाख–५,हेल्लो नेपाल ।

गौतम बुद्धको मावली गाउँको रुपमा परिचित देवदह नगरपालिकाको वडा नं.६, उजेरी गाउँमा मगर होमस्टे संचालनमा आउने भएको छ । मगर समुदायको बाहुल्यता भएको मगर गाउँ उजेरीमा मगर संस्कार,संस्कृति सहित पर्यापर्यटनका लागी उपयुक्त मानिने भएकाले देवदह नगरपालिकाको सहयोगमा होमस्टे संचालनमा आउने भएको हो ।

नगरपालिकाले नगरभित्रका विभिन्न स्थानमा होमस्टे संचालनका लागी प्रयासहरु गरे पनि सोचे जस्तो सफलता प्राप्त गरेको थिएन । रोहिणी नदीको शिर र चुरे पहाडको फेदीमा पर्ने मगर गाउँ उजेरी प्राकृतिक विविधता , पर्यापर्यटनका लागि समेत उपयुक्त ठाउँ मानिन्छ । लुम्बिनी आएका पर्यटनलाई देवदहमा केही दिन रोक्नका लागी समेत होमस्टे आवश्यक रहेको बताउदै नगरपालिकाका उपप्रमुख विद्यालक्ष्मी गुरुङ्गले नगरपालिका ले होमस्टेलाई पहिलो प्रथामिकता मा राखेर काम गरेको जानकारी दिनुभयो । गुरुङ्गले देवदहलाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा परिचित गराउन नगरपालिकाले आवश्यक पहल थालेको बताउनुभयो । उपप्रमुख गुरुङ्गले मगरहरूको बाहुल्यता भएको उजेरीमा मगर होमस्टे संचालन ल्याउन सके महिलाहरुलाई आर्थिक हिसाबले सम्पन्न गर्न सहयोग पुग्ने बताउनुभयो ।

जैविक विवधताले भरिपूर्ण उजेरीमा गर्मी छेल्नका लागी पौडी खेल्ने स्थान,झोलुङ्गे पुलमा सेल्फी जोन,मगर संस्कृति र संस्कार झल्किने खालका सोरठी,झ्याउरे,कौडा गीतका साथै हरिण,मयूर लगायत का वन्यजन्तु हेर्न सकिने स्थानीय बासी तथा पाल्पाली सामुदायिक वनका अध्यक्ष सरोज थापाले जानकारी दिनुभयो । उहाँले उजेरि गाउँ र साटा खोला प्रचार प्रसारको अभावका कारण ओझेलका परेको बताउदै सबैलाई सहयोगका लागी आग्रह गर्नुभयो ।

त्यस्तै महिलाहरुका लागी ७ दिने नेतृत्व विकास तथा होमस्टे संचालन सम्बन्धी तालिम कार्यक्रममा बोल्दै देवदह नगरपालिका वडा नं ९ का अध्यक्ष मोहन जिसी,होमस्टे संघका महासचिव कृष्ण चौधरी,शिक्षा तथा अनुसन्धान विभागका सदस्य पूर्ण चन्द्र पोखरेल,देवदह नगरपालिकाका न्यायिक समिति सदस्य देवी प्रसाद न्यौपाने,समाजदेवी तथा पत्रकार यम राना,नाता लुम्बिनीका अध्यक्ष रचना पन्त,नेपाल मगर संघ लेखा आयोग सदस्य जशु पुन,नेपाल मगर संघ देवदह नगर अध्यक्ष शोभा कुमारी थापा लगायतले बोल्दै उजेरी गाउँ होमस्टे संचालनका लागी सम्भावित क्षेत्र रहेको भन्दै होमस्टे संचालनका लागी आवश्यक सहयोग गर्ने प्रतिबद्धता सहित शुभकामना व्यक्त गर्नुभयो ।