शुक्रबार, १६ चैत्र २०८० ०३:५४

नेकपा एमाले केपी ओलीको निजि कम्पनीको रुपमा रुपान्तरण हुन थाल्यो-नेपाल

शुक्रबार, २२ आश्विन २०७८ ०२:०७

असोज–२१, हेल्लो नेपाल ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले नेकपा एमाले केपी ओलीको निजि कम्पनीको रुपमा रुपान्तरण हुन थालेको टिप्पणी गर्नुभएको छ । बिहीबार काठमाडौंमा एमालेका नेता भानुभक्त जोशीलाई एकीकृत समाजवादी प्रवेश गराउदै अध्यक्ष नेपालले एमालेभित्र व्यक्तिबाद प्रवृति हावी भएको भन्दै ओलीले एमालेलाई निजि कम्पनीको बनाउन थालेको टिप्पणी गर्नुभएको हो ।

उहाले ओलीलाई सुधार्न नसकिने निष्कर्षमा पुगेर नेताहरुले एमाले छाडिरहेको तर्क गर्नुभयो । अध्यक्ष नेपालले आफ्नो पार्टीको नयाँ यात्रामा एमालेका अध्यक्ष ओली बाधक हुने बताउनुभयो । नेपालले ओलीले विभिन्न खालका भ्रम फैलाएकाले भ्रम चिर्नुपर्ने चुनौति समाजवादीका अगाडि रहेको धारणा राख्नुभयो ।

समाजवादी प्रवेश गर्दै नेता भानुभक्त जोशीले एमालेको आन्तरिक जिवनमा असहज अवस्था गराई प्रतिनिधिसभा बिघटन गर्ने प्रयास ओलीले गरेको आरोप लगाउनुभयो । उहाले १० बुदे सहमति कार्यान्वयन नहुदा एमाले नेता तथा कार्यकर्ता निराश हुन थालेको र पूर्वाग्रहको अवस्था कायमै रहेकाले एमालेबाट राजीनामा गरेको जानकारी दिनुभयो ।

समाजवादीले भानुभक्त जोशीलाइ स्थायी कमिटी सदस्यको जिम्मेवारी दिने तयारी गरेको छ ।