मंगलवार, ६ चैत्र २०८० ०९:५८

नेपालमा मंगलबार थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

मंगलवार, २ कार्तिक २०७८ १२:४४

कार्तिक २, हेल्लो नेपाल ।

नेपालमा मंगलबार थप १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ८ हजार १ सय ४० पिसिआर परिक्षणका क्रममा ९ सय ५७ जना र १ हजार ७ सय ७६ एन्टीजेन परिक्षणका क्रममा १ सय ३९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप १२ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ३ सय ५ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै १ हजार ४ सक्रिय संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ८३ हजार ३ सय ६९ जना निको भएका छन् । हाल ११ हजार ८ सय १५ सक्रिय संक्रमित आइशोलेशन र २२८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।