शुक्रबार, १६ चैत्र २०८० १७:१८

नेपालमा शनिबार थप ५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि

शनिबार, ६ कार्तिक २०७८ १३:०४

कार्तिक ६, हेल्लो नेपाल ।

नेपालमा शनिबार थप ५ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ४ हजार ९ सय ७२ पिसिआर परिक्षणका क्रममा ४ सय ३८ जना र १ हजार ९ सय ५९ एन्टीजेन परिक्षणका क्रममा ३५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । कोरोनाकै कारण थप ८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ३ सय ४५ संक्रमितको कोरोनाका कारण ज्यान गएको छ ।