मंगलवार, ६ चैत्र २०८० ०९:४१

नेपालमा सोमबार थप ५ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि

सोमबार, १ कार्तिक २०७८ १२:०२

कार्तिक १, हेल्लो नेपाल ।

नेपालमा सोमबार थप ५ सय ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७ हजार ६ सय ५४ पिसिआर परिक्षणका क्रममा ५ सय २३ जना र २ हजार ४३ एन्टीजेन परिक्षणका क्रममा ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९८ हजार ९ सय ९० पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ९ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार २ सय ९३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । त्यस्तै थप ९ सय ३७ संक्रमित कोरोनामुक्त हुँदा हालसम्म नेपालमा ७ लाख ८२ हजार ३ सय ९३ जना संक्रमणमुक्त भएका छन् ।

हाल ११ हजार ८ सय ७४ सक्रिय संक्रमित आइशोलेशनमा र २२९ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जानकारी दिएको छ ।