बिहीबार, १५ चैत्र २०८० २२:११

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रूपन्देही क्षेत्र नं ३ ‘ख’को निर्वाचन सम्पन्न

शुक्रबार, ३ मंसिर २०७८ १२:५७

मंसिर ३, हेल्लो नेपाल ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत रूपन्देही क्षेत्र नं ३ ‘ख’को निर्वाचन सम्पन्न भएको छ । ३३२ मतदाता रहेकोमा निर्वाचन क्षेत्रमा ३२७ मत खसेको निर्वाचन अधिकृत जीव नारायण अधिकारीले जानकारी दिनुुभयो । रुपन्देही क्षेत्र नं ३ (ख) मा सभापतिमा धनश्याम चालिसे र दुर्गा प्रसाद चापागाईको उम्मेदवारी परेको थियो ।

त्यस्तै उपसभापतिमा बेदानिधि रिजाल,माया खत्री र रीता थारुले उम्मेदवारी दिएका छन् । त्यसैगरी सचिवमा उमाकान्त चापाई,कुम बहादुर मर्चाह र केशव अधिकारीले उम्मेदवारी दिएका छन् भने सहसचिवमा कमला थारु चौधरी,कृष्ण बस्याल,महेन्द्र मल्लाह र मोहम्मद शफीकको उम्मेदवारी परेको छ । हाल मतगणना जारी रहेको र ८.३० बजेसम्म मत परिणाम आउने मतदान अधिकृत जीव नारायण अधिकारीले बताउनुभयो ।