शुक्रबार, १६ चैत्र २०८० ०३:१३

नेपाल ओलम्पियन्स संघको अध्यक्षमा दीपक विष्ट निर्वाचित

बुधबार, १३ आश्विन २०७८ १०:१३

असोज १३, हेल्लो नेपाल ।

नेपाल ओलम्पियन्स संघको अध्यक्षमा दीपक विष्ट निर्वाचित हुनुभएको छ ।

नयाँ कार्यसमितिका लागि बुधबार भएको निर्वाचनबाट तेक्वान्दोका कीर्तिमानी पूर्व खेलाडी विष्ट निर्वाचित हुनुभएको हो । अध्यक्षका प्रत्यासी एनओसीका पूर्व उपाध्यक्ष समेत रहेका रबी राज थापालाई हराउँदै विष्ट अध्यक्षमा निर्वाचित हुनुभएको हो । यस्तै संघको उपाध्यक्षमा प्रविण तुलाधर निर्वाचित हुँदा महिला उपाध्यक्षमा संगिना वैद्य निर्विरोध चयन हुनुभयो ।

त्यस्तै महासचिवमा राजेन्द्र भण्डारी, सचिवमा देवु थापा र कोषाध्यक्षमा स्नेहा राणा निर्विरोध चयन हुनुभयो । त्यस्तै सदस्यमा राजकुमारी पाण्डे, विमला रानामगर, कान्छी माया कोजु, प्रमिला रिजाल, मुकुन्द हरि श्रेष्ठ, विष्णुबहादुर सिंह, टीकाराम श्रेष्ठ, सफल राम श्रेष्ठ र रन्जन श्रेष्ठ निर्वाचित हुनुभएको ओलम्पियन्स संघले जनाएको छ ।