शुक्रबार, १६ चैत्र २०८० ०७:१२

पश्चिम् अमवा खानेपानीको नव निर्मित भवनमा गृह प्रवेश

सोमबार, २५ आश्विन २०७८ ०३:०४

तुलसी राम पौडेल
अमवा,असोज २४

रुपन्देहीको सियारी गाउपालिका -७ पश्चिम् अमवा स्थिति पश्चिम् अमवा खानेपानी उपभोक्ता तथा सर सफाइ सस्थाको सेवा आफ्नै नव निर्मित भवनबाट आइतबारदेखि संचालन भएको छ।
बडा दशै २०७८ को शुभ अवसर पारेर पश्चिम् अमवा खानेपानी उपभोक्ता तथा सरसफाइ सस्थाको नव निर्मित भवनमा विधिवत पुजा गरि गृह प्रवेश गरिएको हो ।पश्चिम् अमवा खानेपानीको पुर्वाधारको काम अझै पनि बाकी रहेकोेले विस्तारै काम सम्पन्न गर्दै जाने खानेपानीका अध्यक्ष झपेन्द्रराज अर्यालले बताउनु भयो।हैण्ड पाइपको पानी अशुद्ध भएको र त्यसबाट विभिन्न रोग लाग्न सक्ने भएकोले खानेपानीको शुद्ध पानी पिउन सबैलाई आग्रह गर्नुभयो ।हाल सियारी वाड नम्बर ६, ७ र शुद्दोधन गाउपालिका वाड नम्बर ३ का जनता यस खानेपानी सस्थाबाट लाभान्वित भएको र विस्तारै क्षेत्र बढाउदै जाने उहाको भनाइ थियो ।हाल यस खानेपानी सस्थाबाट ६०० घर परीवारले सेवा लिइरहेको र आगामी दिनमा एक घर एक धारा पुर्‍याउने यस खानेपानी सस्थाको लक्ष्य भएको बताउनु भयो। पश्चिम् अमवा खानेपानी उपभोक्ता तथा सरसफाइ सस्थाका कार्यालय प्रमुख अमृत ज्ञवालिले यस सस्थाको कार्यालय भवन एक , अपरेटर भवन एक र ४५००००(चार लाख पचास हजार ) लिटर क्षमता भएको एक ओभर हेड टंकी रहेकोे बताउनु भयो।पश्चिम् अमवा खानेपानी उपभोक्ता तथा सरसफाइ सस्थाको २०६७ सालमा स्थापना भएको थियो ।


नवनिर्मित भवनको गृह प्रवेश कार्यक्रममा सियारी गाउपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सरोज अधिकारी, वाड नम्बर ६ का वडा अध्यक्ष शेर बहादुर गुरुङ ,पश्चिम् अमवा खानेपानी उपभोक्ता तथा सरसफाइ सस्थाका कार्यसमिति अध्यक्ष झपेन्द्रराज अर्याल ,उपाध्यक्ष रत्न बहादुर पौडेल ,सचिव केशव अधिकारी,कोषाध्यक्ष कपिल न्यौपाने ,सहसचिव सरस्वती भट्टराई ,सदस्यहरु सुर्यनारायण यादव ,शालिकराम अधिकारी,टिकादेवी न्यौपाने ,नारायण केवट,चोलाकान्त भट्टराई ,राधा थापा ,ममती थारू ,रामबहादुर थारू र सस्थापक अध्यक्ष सुन्दर प्रसाद गुप्ता , स्थानीय समाजसेवी लगायतको सहभागिता रहेको थियोे ।