शुक्रबार, १६ चैत्र २०८० १५:३१

पार्टी अध्यक्ष कलम थापाले राप्रपाको एजेन्डा छोडेको आरोप-राप्रपाका नेता राणा

मंगलवार, १४ मंसिर २०७८ ०५:४७

मंसिर १४, हेल्लो नेपाल ।

राप्रपाका नेता तथा नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणाले पार्टी अध्यक्ष कलम थापाले राप्रपाको एजेन्डा छोडेको आरोप लगाउनुभएको छ ।

सोमबार काडमाडौंमा गरिएको साक्षात्कारमा कार्यक्रममा बोल्दै राणाले एजेन्डा नमिल्ने दलसंग मिलेर अध्यक्ष कमल थापाले राप्रपाको एजेन्डालाई तहसनस बनाएको आरोप लगाउनुभएको हो । उहाले राप्रपाको एजेन्डालाई तहसनहस पारेर गणतन्त्रवादीहरुले सत्ता चलाइरहेको अवस्थामा तीनै गणतन्त्रवादीहरुलाई पाटीृ नेतृत्वले उत्कृष्ट भन्नु गलत भएको बताउनुभयो । उहाँले वर्तमान अध्यक्ष कमल थापाको परीक्षण भइसकेको र थापाको नेतृत्वमा पार्टी माथि उठ्न नसकेको भन्दै नेतृत्वमा दोहो¥याउन नहुने बताउनुभयो । जनताले राप्रपा हाक्ने नयाँ नेतृत्व खोजेको भन्दै त्यो नेतृत्व राजेन्द्र लिङदेनले हाक्ने दाबी गर्नुभयो ।

उहाँले कमल थापालाई जनताले पछ्याउने अवस्था नरहेकाले उहाँलाई नेता मानेर जनताको भोट आउला भन्ने विश्वास आफूमा नरहेको तर्क गर्नुभयो ।