शुक्रबार, १६ चैत्र २०८० ०४:०८

ब्याडमिन्टन आमन्त्रीत २०२१ मा समूह ए तर्फ कुमारी बैंकको बिजयी सुरुवात

मंगलवार, ६ पुष २०७८ १४:२४

पुष ६, हेल्लो नेपाल ।

कुमारी बैक काठमाण्डौ टिम च्याम्पियन कर्पोरेट ब्याडमिन्टन काठमाण्डौ ब्याडमिन्टन आमन्त्रीत २०२१ मा समूह ए तर्फ कुमारी बैंकले बिजयी सुरुवात गर्न सफल भएको छ ।

कुमारीले कान्तिपुर पब्लिकेशनलाई ३–० को जित निकालेको हो । प्रतियोगिताको पहिलो दिन भएको प्रतिस्पर्धामा पुरुष एकल तर्फ उच्च बरियताका पुरुष खेलाडीविचको खेलमा कुमारी र्बैकका सुदीप सेढाईले कान्तिपुरका साजन कृष्ण ताम्राकालाई २१–१८, २१–१९ ले पराजित गरे । यस्तै महिला तर्फ सुनैना मुखियाले संझना शर्मालाई २१–९, २१–११ ले पराजित गरिन् । यस्तै कर्पोरेट युगल तर्फको खेलमा विक्रम निरौला र निरज राईको जोडीले सुशिल कुमार रावल र महेश स्वारलाई २१–१५, २७–२५ ले जित निकाल्दै ३–० को जित निकालेको हो ।

काठमाण्डौ ब्याडमिन्टन एकेडेमीको आयोजना भएको समूह बि तर्फको आईएमई ग्रुप र नेपाल बिद्युत प्राधिकरणविचको खेलमा नेपाल बिद्युत प्राधिकरणले ३–२ को कठिन जित निकाल्यो । प्राधिकरणले जित निकाल्ने क्रममा सुरुको दुई खेलमा हार बेहोरेता पनि खेलमा फर्कदै जितलाई आफ्नो पक्षमा पा¥यो । पुरुष एकल तर्फ आईएमईका नविन श्रेष्ठले बिद्युतका दीपक बोहरालाई २१–१४, २१–१६ ले जित निकाले । यस्तै महिला एकल तर्फ नङ्गसल देवी तामाङ्गले शोभा चन्दलाई २१–१२, २१–१५ ले जित निकाल्दै जितलाई २–० ले आफ्नो पक्षमा पारे । तर तेश्रो खेलमा बिद्युतका श्रीप्रसाद धिमाल र राजु महर्जनको जोडीले सरोज बस्नेत र ब्रिजेन श्रेष्ठको जोडीलाई २१–५, २१–१ ले जित निकाल्दै खेललाई २–१ को अवस्थामा ल्याए ।

यसैगरि बिद्युतकी शोभा गौचन र याम कुमारी गुरुङ्गको जोडीले आईएमईका स्मारिका यरुशा श्रेष्ठ थापा र नङ्गशल तामाङ्गको जोडीलाई २१–११, २१–१२ ले पराजित गर्दै खेललाई २–२ को बरावरीमा ल्याए । निर्णायक खेलमा दीपक बोहरा र राजु महर्जनको जोडीले नविन श्रेष्ठ र निशान्त ढकालको जोडीलाई २१–१८, २१–१८ को समान अन्तरले पराजित गदै जितलाई ३–२ का साथ आफ्नो पक्षमा पारेको हो ।

टिम प्रतियोगितामा बरियताका पुरुष एकल र महिला एकल, कर्पोरेट पुरुष युगल, महिला युगल र पुरुष युगल गरि बेष्ट अफ फाईभको गेम हुनेछ ।