शुक्रबार, १६ चैत्र २०८० २१:१५

भगवान विष्णु अनि दैत्यराज हिरण्यकश्यपु तथा भक्त प्रल्हादको कथामा आधारित नृत्य प्रदर्शन

शुक्रबार, ३ मंसिर २०७८ ०६:५६

 

मंसिर ३, हेल्लो नेपाल ।

पाटनको मणिगल क्षेत्र ‘कात्तिक डबली’ मा कात्तिक नाचअन्तर्गतको आठौँ अर्थात् अन्तिम दिन नृसिंह अवतार–हिरयण्यकश्यपु वध मञ्चन गरिएको छ ।
प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्परानुसार गएराती सो नृृत्य प्रदर्शन गरी यो वर्षको नृत्य समापन गरिएको हो ।

भगवान विष्णु अनि दैत्यराज हिरण्यकश्यपु तथा भक्त प्रल्हादको कथामा आधारित नृत्य प्रदर्शन गरिएको कात्तिक नाच संरक्षण समितिका अध्यक्ष किरण चित्रकारले जानकारी दिनुभयो । सो नाटकमार्फत अरुलाई अन्याय तथा अत्याचार गर्न नहुने यदि गरेमा आफू पनि उक्त जालमै परिने सन्देश छर्न खोजिएको उहाले बताउनुभयो । विसं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाचको सुरुआत गरेको बताइन्छ । कात्तिक नाचको माध्यमद्वारा देशमा आउने बिघ्नबाधा हटी शान्त्ति र सुव्यवस्था कायम रहने विश्वास छ । कात्तिक महिनाभरि विभिन्न विधि र प्रकारका नृत्य प्रदर्शन गरिने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भनिएको हो ।