शुक्रबार, १६ चैत्र २०८० ०१:००

माओवादीमा गम्भीर समस्या र सांस्कृतिक विचलन देखिएको छ- नारायणकाजी श्रेष्ठ

सोमबार, १२ पुष २०७८ १४:५३

पुष १२, हेल्लो नेपाल ।

नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पार्टीमा देखिएको अराजकतालाई अन्त्य गर्दै पार्टी रुपान्तरणका लागि महाधिवेशन केन्द्रीत हुने बताउनुभएको छ ।

सोमबार महाधिवेशन स्थल प्रज्ञा भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै श्रेष्ठले पार्टी बिधि र पद्धतीमा सवालमा कमजोर देखिएको, व्यक्तिवाद र गुटवाद हावी भएको र सांस्कृतिक बिचलन आएको भन्दै पार्टी रुपान्तरणका लागि महाधिवेशन केन्द्रीत हुने बताउनुभएको हो ।

उहाले अहिले पार्टीलाई क्रान्तिकारी रुपान्तरण गर्न जरुरी रहेको धारणा राख्नुभयो । यथास्थीतिबादसंग सम्बधबिच्छेद गरेर पार्टीलाई फड्को मार्दै पार्टीजिवनमा देखिएको समस्या समाधान गर्नुपर्ने उहाको भनाई छ । त्यस्तै श्रेष्ठले पार्टी पदाधिकारी चयनमा सहमति नभए निर्वाचनमा जाने उल्लेख गर्नुभयो ।

त्यस्तै माओवादी नेता जनार्दन शर्माले प्रचण्डको प्रतिवेदन आर्थिक सामाजिक र राजनीतिक समस्या समाधान गर्नेगरि आएको बताउनुभयो । विज्ञान र प्रविधिमा भएको विकास र जलवायु र वातावरणको विकासलाई माक्र्सवादसँग जोड्ने किसिमले अध्यक्ष प्रचण्डको प्रतिवेदन आएको उहाले जानकारी दिनुभयो । माओवादीले गरेको ठूलो परिवर्तनको स्वामित्व लिन नसक्दा पार्टी कमजोर भएकाले यसको स्वामित्व लिनुपर्नेमा जोड दिइएको उहाको भनाई छ ।

आइतबारबाट सुरु भएको माओवादी महाधिवेशन पाँच दिनसम्म चल्ने छ ।