बिहीबार, १५ चैत्र २०८० २२:३३

राष्ट्रपति निर्वाचनको मतगणना सुरु, आजै नयाँ राष्ट्रपति चयन हुने

बिहीबार, २५ फाल्गुन २०७९ ११:०१

फागुन–२५,हेल्लो नेपाल ।
नयाँ राष्ट्रपतिको निर्वाचनका लागि भएको मतदानको मतगणना भइरहेको छ । मतगणना सम्पन्न भए पछि आजै राष्ट्रपति निर्वाचनको प्रमाणपत्र प्रदान गरिने तयारी रहेको निर्वाचन आयोगले जनाएको छ ।

मतदानमा तीन सय १३ संघीय सांसद र पाँच सय १८ प्रदेशसभा सदस्यले मतदान गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

नेपालको तेस्रो राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा(एमाले)का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा हुनुहुन्छ । राष्ट्रपति निर्वाचनमा संघीय संसद्तर्फ तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० गरी कूल आठ सय ८२ मतदाता कायम छन् ।

संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ छ ।