शुक्रबार, १६ चैत्र २०८० ०६:२२

राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

सोमबार, ८ फाल्गुन २०७९ १०:४८

फागुन–०८,काडमाडौं ।
निर्वाचन आयोगले आसन्न राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आयोगलले सोमबार संसद भवन नयाँ बानेश्वरमा उक्त कार्यालयको स्थापना गरेको हो ।

कार्यालयको शुभारम्भ गर्दै आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले फागुन २५ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान हुने र मतपरिणाम साँझ ७ बजेभित्र आइसक्ने जानकारी दिनुभयो । निर्वाचनका लागि संघीय संसदका सदस्यले मतदान गर्ने एउटा र प्रदेश सभाका सदस्यले मतदान गर्नेगरि दुई वटा मतदान केन्द्र निर्धारण गरिएको बताउनुभयो ।

राष्ट्रपति निर्वाचनका लागि फागुन १० गते मतदाता नामावली प्रकाशन गर्दै प्रक्रिया सुरु हुने उहाले बताउनुभयो । थपलियाले निर्वाचनमा कसैको बहुमत नआए २६ गते नै अर्को निर्वाचन हुने र अर्को पटक देखि आफ्नै प्रदेशबाट नै राष्ट्रपति निर्वाचनमा मतदान गर्न सक्ने गरि कानून संशोधन गर्न लागिएको समेत जानकारी दिनुभयो ।

आयोगका अनुसार फागुन १३ गते उम्मेदवारी दर्ता, फागुन १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र फागुन २५ गते मतदान हुने कार्यसूची छ । त्यस्तै उपराष्ट्रपति निर्वाचनको प्रक्रिया भने फाल्गुन २७ गतेदेखि सुरु हुने छ । निर्वाचनका मतदान अधिकृतमा पाटन उच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेल यसअघि नै नियुक्त भइसक्नुभएको छ ।