शुक्रबार, १६ चैत्र २०८० १५:२५

रिभर साईडलाई भलिवलको उपाधी

मंगलवार, ९ कार्तिक २०७८ १६:४३

प्रविण गाहा

गुल्मी, ९ कात्तिक । 

प्रथम जुभूङ्ग खेलकुद महोत्सव अन्र्तगतको पुरुष भलिवलको उपाधी रिभर साईड युवा क्वल घुर्मीले हात पारेको छ । साविक खुल्ला वडा स्तरिय भलिवल प्रतियोगिताको फाईनलमा न्यु हिमशिखर युवा क्लव बलिथुम लुम्पेकलाई हराउदै रिभर साईडले उपाधी संगै नगद २५ हजार, मेडल र प्रमाणपत्र हात पारेको हो । उपविजेता न्यु हिमशिखरले नगद १५ हजार रुपैयामा चित्त बुझाएको छ । दुई सेट लगातार जितेको रिभर साईडलाई उपाधी हात पार्न थप दुई सेट कुर्नु प¥यो । फाईनल भिडन्त अत्यन्तै रोचक बनेको थियो । स्थानिय क्लव समेत रहेको रिभर साईडले दर्शकले हुटिङ्गले थप हौसिएको थियो ।

आयोजकलाई हराउदै दारी होटल आपचौर तृतीय भई सात हजार पाएको छ । खेलकुद महोत्सव अन्र्तगत पुरुष भलिवलमा ३९ टिमको सहभागिता रहेको थियो । रिभर साईड युवा क्लवले स्थानिय स्तरमा हुने विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएको क्लवमा क्याप्टेन तुल बहादुर गाहाले जानकारी दिनुभयो । स्थापनाकालमा विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको क्लवले करिव छ वर्ष पछि पुनः उपाधी हात पारेको हो ।

गत भदौमा बलिथुमको थाक्सीपोखरामा भएको भलिवल प्रतियोगितामा पनि रिभर साईड उपविजेता बनेको थियो ।

त्यस्तै खेलकुद महोत्सवमा महिला भलिवलको उपाधी लिम्घाको न्यु महोत्सवमा ब्याडमिन्टन, रसी तान्ने, भाले छोपाई, लङ जम्प, घैटो फोड, म्युजिकल चियर, स्लो बाईक रेस, दौड, नृत्य प्रतियोतिा, बेलुन फुटाई लगाएतका प्रतियोगिता भएको थियो । साथै निर्माता तिलक गाहाले बनाएको जुभूङ्ग सगै गुल्मीको विभिन्न स्थानमा छायांकन गरिएको गुल्मेली दाई चलचित्र च्यारिटी शो गरिएको थियो ।