मंगलवार, ६ चैत्र २०८० १३:०१

रुपन्देहीको मोतिपुरमा भएको झडपमा घाइते भएका १ जनाको उपचारको क्रममा मृत्यु

आईतवार, २४ आश्विन २०७८ १२:३९

असोज–२४, हेल्लो नेपाल ।
रुपन्देहीको मोतिपुरमा भएको झडपमा घाइते भएका १ जनाको उपचारको क्रममा मृत्यु भएको छ । मृतकको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ । मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गरेर अस्थायी रुपमा बनाईएका टहरा भत्काउन खोज्दा स्थानीय र प्रहरीबीच झडप हो ।

झडप हुदाँ स्थिति तनावग्रस्त बनेपछि प्रहरीले गोली चलाएको थियो । झडपमा परी २५ जना प्रहरी र २ जना पत्रकार सहित ९ जना स्थानीय भन्दा धेरै घाइते भएका छन् ।

झडप पछि पनि स्थिति तनावग्रस्त बनेकोले जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सो क्षेत्रमा ४ बजेपछि देखी अनिश्चितकालका लागी कफ्र्यू लगाएको छ ।