मंगलवार, ६ चैत्र २०८० १४:४६

रुपन्देहीको शुद्धोधन गाउँपालिका-३ मा खुकुरी प्रहारबाट एक जनाको मृत्यु

सोमबार, १८ आश्विन २०७८ १४:२१

असोज १८, हेल्लो नेपाल ।

रुपन्देहीको एक प्लाई उद्योगमा काम गर्ने मजदुरहरु वीच भएको झगडामा खुकुरी प्रहारबाट एक जनाको ज्यान गएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका-३, वेतानीमा रहेको उद्योगमा काम गर्ने मजदुरहरु वीच भएको आपसी झगडामा भारतीय नागरिक रवि सिहले खुकुरी प्रहार गर्दा नवलपरासी सुस्ता-३ का अवधेश चमारको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

रवि सिहले खुकुरी प्रहार गर्दा बचाउन जादा अवधेशका बाबु गोपिचन्दलाई पनि खुकुरी हानेर घाइते बनाएका छ्न । अवधेशलाई अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको थियो । उनको बाबू गोपिचन्दको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भई रहेको छ ।

खुकुरी प्रहार गर्ने सिहलाई नियन्त्रणमा लिएर अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।