शुक्रबार, १६ चैत्र २०८० १८:१९

रुपन्देहीको सियारी-२ मैनहीया स्वास्थ्य केन्द्रमा २ दिने निःशुल्क स्वास्थ्य शिविर

आईतवार, १३ चैत्र २०७८ १७:१७

सियारी- रुपन्देहीको सियारी-२ मैनहीया स्वास्थ्य केन्द्रमा २ दिने निःशुल्क स्वास्थ्य शिविरको सुरु भएको छ ।

स्वास्थ्य सेवाबाट कुनै नागरिक पनि बञ्चित हुन नपरोस् भन्ने हेतुले स्वास्थ्य शिविर सञ्चालन गरिएको सियारी-२ का वडाध्यक्ष रामकिशन थारुले बताउनुभयो । शिविरको शुभारम्भ गर्दै लुम्विनी प्रदेशका पर्यटन ग्रामीण तथा शहरि बिकास मन्त्रि डिल्ली बहादुर चौधरीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रबाट कुनै पनि नागरिक बञ्जित हुन नहुने बताउनुभयो ।

उहाँले शिविरबाट धेरै नागरिकहरु लाभान्बित हुने विश्वास व्यक्त गर्नुभयो । शनिवार र आईतवार गरी २ दिन सम्म चल्ने शिविर सशस्त्र प्रहरी अस्पताल काठमाडौ र शियारी गाउँपालिकाको सहयोगमा भएको शिविरमा सशस्त्र प्रहरी अस्पतालका विशेषज्ञ डाक्टरहरू र स्थानीय तहका स्वास्थ्यकर्मीहरूको संयुक्त टोलीले नागरिकहरूको स्वास्थ्य उपचार र निःशुल्क औषधि वितरण गरिने सियारी-२ का वडाध्यक्ष रामकिशन थारुले बताउनुभयो । शिविर गृहमन्त्री बालकृष्ण खाडको पहलमा आयोजना गरिएको वडाध्यक्ष रामकिशन थारुले जानकारी दिनुभयो ।