बिहीबार, १५ चैत्र २०८० १६:३१

शुध्दोधन गाउँपालिका–५ को पुरैनीमा बजारमा रक्तदान कार्यक्रम सम्पन्न

बुधबार, ९ चैत्र २०७८ १४:०७

शुध्दोधन – शुध्दोधन गाउँपालिका–५ को पुरैनीम बजारमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

पुरैनी बजार टोल विकास संस्थाको आयोजनामा रक्तदान जीवन दान भन्ने मुल नाराका साथ कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा रगत नपाए बुटवल जानु भन्ने लक्ष्य सहित निरन्तर रक्तदान कार्यक्रम गर्दै आएको नेपाल रेडक्रस बुटवलका प्रतिनिधि वारिस अलि लगायतका टोलीले सहयोग गर्नुभएको थियो ।

आयोजक पुरैनी बजार टोल विकास संस्थाले रगतको अभावमा कसैले ज्यान गुमाउन नपरोस् भन्ने हेतुले कार्यक्रम गरेको जनाएको छ । रक्तदान कार्यक्रममा ६६ युनिट रगत संकलन भएको कार्यक्रम संयोजक दशरथ चौधरीले बताउनुभयो । कार्यक्रम शुद्धोधन गाउँपालिका–५ का वडाध्यक्ष पुन्नेराम गौतमको प्रमुख आतिथ्यता र संस्थाका अध्यक्ष किरण चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।