बिहीबार, १५ चैत्र २०८० २१:४४

सरकार उल्टो बाटो तर्फ लागेको सुवासचन्द्र नेम्वाङ भनाई

आईतवार, २४ आश्विन २०७८ १३:५८

असोज–२३, हेल्लो नेपाल ।
नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले मुलुक अध्यादेशको भरमा चलाउन खोजेको हो भने सरकार उल्टो बाटो तर्फ लागेको बताउनुभएको छ । शुक्रबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसंग कुरा गर्दै नेम्वाङले सदनमा पेश भएका बिधयेक फिर्ता लिएर मुलुक अध्यादेशबाट चलाउन खोजिएको भए सरकार उल्टो बाटो तर्फ लागेको र बेठिक भएको बताउनुभएको हो ।

उहाले संसदीय समितिमा लामो समय छलफल भएर सदनमा पेश भएको बिधेयक फिर्ता लिनु उचित काम नभएको तर्क गर्नुभयो । नेम्वाङले एमालेको बिरोधका कारण बिधेयक फिर्ता लिएको भन्नु हास्यास्पद मात्र भएको धारणा पनि राख्नुभयो । आफ्नो मुद्धा लिएर संसदमा बिरोध गरिएको भन्दै बिरोधको औचित्य पूष्टि गर्न आफुहरु तयार रहेको उहाको भनाई छ ।

त्यस्तै लोकतान्त्रीक समाजवादी पार्टीका बरिष्ठ नेता शरतसिंह भण्डारीले सरकारले संसदीय अभ्यास र मर्यादा भत्काउने काम गरेको आरोप लगाउनुभयो । संसदलाई बिफल बनाउने काम बनाउने भएको भन्दै आफुहरु निकै गम्भीर भएको उहाको भनाई छ ।

शुक्रबारको प्रतिनिधिसभा बैठकबाट सरकारले केहि बिधेयक फिर्ता लिएको थियो ।