बिहीबार, १५ चैत्र २०८० २१:२९

सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल शुक्रबारबाट सुरु हुने

शुक्रबार, ३ मंसिर २०७८ ०५:१०

मंसिर ३, हेल्लो नेपाल ।

सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबल भोलि शुक्रबारबाट सुरु हुने भएको छ । लिगको सम्पूर्ण तयारी पुरा भएको एन्फाले जनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार हुने उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा हुनेछ । लिगमा प्रतिष्पर्धा गर्ने क्लवले उत्कृष्ठ नजिता ल्याउने पनि जनाएका छन् । लिग अघि दशरथ रंगशालामा आयोजित पत्रकार सम्मेलनमा क्लवका प्रशिक्षक तथा कप्तानहरुले उत्कृृष्ठ खेल खेल्ने र राम्रै नजिता निकाल्ने दावि गरे । मनाङ मस्याङ्दीका कप्तान विमल रानाले अघिल्लो सिजनको तुलनामा यस सिजनमा सुधार गर्ने बताए ।

आर्मीका कप्तान भरत अवासले लक्ष्य भनेको लिगको च्याम्पियन बन्ने भएको बताए । त्यस्तै अधिकांस टिमका प्रशिक्षक र कप्तानले मुख्य लक्ष्य उपाधि जित्नु रहेको समेत बताए ।

लिग अन्तर्गत शनिबारदेखि हरेक दिन दुई खेलहरु हुने छन् । कुल ९१ खेल हुने लिगमा ’ए’ डिभिजनका १४ क्लबले प्रतिस्पर्धा गर्ने छन् । यस पटकको लिगको पुछारका दुई टिम रेलिगेसनमा पर्दै ’बी’ डिभिजनमा झर्ने छन् । अघिल्लो सिजनको उपाधि मछिन्द्र क्लबले जितेको थियो । यस पटकको लिग विजेताले ७५ लाख पाउने छन् । यस्तै उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रो हुनेले २५ लाख पाउने छन् । हरेक खेलको विजेताले ५० हजार पाउने छन् । खेल बराबरीमा सकिए दुबै टोलीले २५÷२५ हजार पाउने एन्फाले जनाएको छ ।