झरी (कविता)

Click here to Share
  •  
  •  
  •  
  •  
  •  

झरी

ए झरी नझरिदेउ न यसरी
तिम्रो हरेक थोपा संगै
निराशिएको मन,मिलिन अनुहार ,आशावादी हासो,सुनिनसक्नु चिरचिहाट र केहि अपुरा खिया लागेका सम्बन्ध देख्छु म ।

भर्खर-भर्खर ऋणधन गरेर केश फुलेका बुढाबुढिले रोपाई सिद्धिएर
के लामो सास फेर्न पाको थिए
के अनान्दित एक निन्द्रा सुत्न पाएको थिए,पहिरोले खेत लैदिदा सधैको लागी निन्द्रा नलाग्ने भएको थियोे
कति घरबिहिन भए त
कति परिवारबिहिन भए त
कतिका सपना पहिरो संगै बगे त
कतिका जिबनमा सदैकोलागी अध्यारो छायो ।

हिजोको confession वाला दाई त एक उदाहरणको एक पात्र उनि जस्तै कतिको खुशी किन खोज्छस् झरी ।
किन प्रेम गर्नेलाई बिछोडको भेल दिन्छ्स् झरी ।

ए प्रकृति तिमी आफैँमा येति सुन्दरताले भरिपूर्ण छौँ किना कुरुप हुन्छौं तिमी?

ए प्रकृति तिमीलाई सबैले माया मोह गर्छन् किन देष पुर्ण हुन् बाध्य गराउछेउ तिमी?

तिमिलाई देखेर मनुष्यले दु:खद भुलाउने तिम्रो सामु
सिताल्ताले भरपुर रमाउने गर्थें भनिदेउन किन
जिबनरूपी दुःखद्को धामिलो भल दियौं ?

किन अशान्तिको अमिलो मेल दियौं ?

धेरै-थोरै केहि हैन हरेक कुरा ठीक्क नै राम्रो हुन्छन् तिमी नि सदाबहार ठीक्क भैदउन

पानी परेको जमात मनपर्ने मलाई अब वर्षा मन पर्नै छोड्यो ।

अनि ए झरी नझरीदेउन यसरी ??
प्रकृति लामिछाने,बुटवल


Click here to Share
  •  
  •  
  •  
  •  
  •  

Hello Nepal Tv

हेल्लो नेपाल टि.भि. डटकम नेपाली भाषाको समाचार पोर्टल हो । समाचार ,विचार,मनोरञ्जन,खेलकुद,प्रवास, र विश्वका खबर ,सुचना प्राविधि,सौन्दर्य,रोचक सामाग्री ,मिडिया तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणहरु सम्बन्धी हेल्लो नेपाल टि.भि. डटकम का प्राथमिकता हुन्।

One thought on “झरी (कविता)

  • July 16, 2020 at 3:28 am
    Permalink

    Wow😮😮😮😮😮

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *