नेपालकी ६ वर्षीय बालिका गिनिज बुकमा नाम लेखाउने तयारीमा

Click here to Share
  •  
  •  
  •  
  •  
  •  

अर्जुन खत्री,फर्साटिकर
रुबिक्स क्युब यस्तो खेल हो जुन साधारण हिसाबले वा जोसुकै ब्याक्तिले सजिलै मिलाउन सक्दैन तर काठमाडौं कि एक६ वर्षकि बालिकाले रुबिक्स क्युब सजिलै सङ्ग छोटो समयमा मिलाउन सक्छिन त्यो पनि आफ्नो दुइवटा आँखा बन्द गरेर । काठमाडौं बस्दै आएकी ती बालिकाको हो नाम इशाना पजियार ।उनले सजिलै सङ्ग आफ्ना आखा बन्द गरेर छोटो समयमा रुबिक्स क्युब मिलाएर सबैलाइ अचम्मित बनाएकी छन। उनी माइण्ड मेमोरी एक्स्पट तथा मोटिभेसनल स्पिकर डा. नवल पजियारकी छोरी हुन ।

डा.नवल पजियार दक्षिण एसियाका प्रख्यात ब्याक्तित्व हुन । डा . पजियारका अनुसार नेपालमा यो उमेर समुहमा यस्तो क्षमता आजसम्म कसैको नभएको दाबी गर्छन।अब छिट्टै गिनिज बुक अफ वल्डमा सबैभन्दा सानी बालिका कम समयमा रुबिक्स क्युब मिलाउने इशानाको नाम दर्ता गर्ने तयारीमा रहेको उनी बताउछन ।
इशानाले नेपालका प्रख्यात ब्यक्तिहरुसङ्ग रुबिक्स क्युब खेलेर हराएकी छन ।नेपाल आइडल सिजन 2 का विजेता रवि ओड इसानामा अनौठो प्रतिभा रहेको भन्दै आफुलाइ हराएको स्विकार गर्छन र उनले नेपालमा पहिलोपटक यस्तो क्षमता भएको बालिका भेटेको बताउछन ।


Click here to Share
  •  
  •  
  •  
  •  
  •  

Hello Nepal Tv

हेल्लो नेपाल टि.भि. डटकम नेपाली भाषाको समाचार पोर्टल हो । समाचार ,विचार,मनोरञ्जन,खेलकुद,प्रवास, र विश्वका खबर ,सुचना प्राविधि,सौन्दर्य,रोचक सामाग्री ,मिडिया तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणहरु सम्बन्धी हेल्लो नेपाल टि.भि. डटकम का प्राथमिकता हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *