दुखिको कर्म
अर्जुन रेग्मी ‘अर्सन’
बुटवल
ए दिदी लौन यो मुठो लिनुस मीठो छ गाउ घरको
यहि हुन्छ बरा दुखिको बोली आजकाल त दिनभरको ।
खोजेर फेरि आउनुन्छ मैलाई खानुन्छ भने त
लानुस न दिदि मिलार दिन्छु लानुन्छ भने त ।
हुने र खाने रमाकै होलान महल र धन माथि
साग बेची सुख किनुला हजुर मिलेमा साग साटी ।
प्रश्नमा आयो सपना तिम्रो लेख न जे हो त्यही
साग बेच्ने लेखु कि त म हजुर लेखु खै अरु केही ?
निदाउछु यसै पेटिमा सपना महलमा भा देख्छु
दसको मुठो बेचेर हजुर कापिमा लाख लेख्छु ।
न कतै देख्छु सुखको ढोका न देख्छु चापि नि
दसको त्यो मुठो बेचे त आज म किन्थे कापी नि ।
यस्तै छ हजुर दुखिको जीवन गरेर खानु छ
बिरामी आमा घरमा बस्छिन दबाई नि लानु छ ।
छैन नि हजुर रहर ती ठुला यत्ती हो साग मेटु
फर्केर जादा दबाई म लिदै आमालाई घर भेटु ।।